‘विकास आयोजनाहरूलाई बजेटको अभाव हुन दिन्न’: अर्थमन्त्री

अर्थमन्त्री विष्णु पौडेलले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन दिनेगरि कार्यक्रम अघि सार्ने बताएका छन् ।   देशका समग्र अर्थतन्त्रमा सबैभन्दा ठूलो भूमिका निजी क्षेत्रको रहेको भन्दै सरकारले निजी क्षेत्रलाई प्रोत्साहन हुनेगरी काम गर्ने बताएका हुन् ।

उनले निजी क्षेत्रलाई नवीनतम ढङ्गबाट नयाँ रणनीतिहरू अवलम्बन गर्न आग्रह गरेका छन् ।अर्थमन्त्री पौडेलले काम गर्ने शैली तथा ठेक्कापट्टाका झमेलाका कारण पुँजीगत खर्च बढ्न नसकेको पनि बताए ।

‘पुँजीगत खर्च बढ्न नसक्नुमा हाम्रो काम गर्ने शैली, लामो खरिद प्रक्रिया, ठूला ठेक्कापट्टामा आउने अन्य व्यावहारिक झमेला, आयोजना व्यवस्थापनमा सरकारी संयन्त्रको क्षमता र निर्माण व्यवसायीहरूको क्षमताले प्रभाव पारेको छ,’ राष्टिय समाचार समितिसँगको कुराकानीमा पौडेलले भने, ‘यसको निराकरणतर्फ म लाग्ने छ । पुँजीगत बजेट बढी भएका मन्त्रालयहरूलाई कामको गति बढाउन उत्प्रेरित गर्ने, अनुगमन गर्ने र सहजीकरण गर्ने काम गरिने छ ।’

विकास निर्माणसँंग जोडिएका सबै संयन्त्रलाई काममा ढिलास्ती नगर्न अर्थमन्त्रीको आग्रह छ ।विकास आयोजनाहरूलाई बजेटको अभाव हुन नदिने अर्थमन्त्रीको प्रतिबद्धता रहेको छ । विकास आयोजनाहरूलाई बजेटको अभाव हुन नदिने तर केही क्षेत्रका

अर्थमन्त्री विष्णु पौडेलले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन दिनेगरि कार्यक्रम अघि सार्ने बताएका छन् । देशका समग्र अर्थतन्त्रमा सबैभन्दा ठूलो भूमिका निजी क्षेत्रको रहेको भन्दै सरकारले निजी क्षेत्रलाई प्रोत्साहन हुनेगरि काम गर्ने बताएका हुन् ।

उनले निजी क्षेत्रलाई नवीनतम ढङ्गबाट नयाँ रणनीतिहरू अवलम्बन गर्न आग्रह गरेका छन् ।अर्थमन्त्री पौडेलले काम गर्ने शैली तथा ठेक्कापट्टाका झमेलाका कारण पुँजीगत खर्च बढ्न नसकेको पनि बताए ।

‘पुँजीगत खर्च बढ्न नसक्नुमा हाम्रो काम गर्ने शैली, लामो खरिद प्रक्रिया, ठूला ठेक्कापट्टामा आउने अन्य व्यावहारिक झमेला, आयोजना व्यवस्थापनमा सरकारी संयन्त्रको क्षमता र निर्माण व्यवसायीहरूको क्षमताले प्रभाव पारेको छ,’ ‘यसको निराकरणतर्फ म लाग्ने छ । पुँजीगत बजेट बढी भएका मन्त्रालयहरूलाई कामको गति बढाउन उत्प्रेरित गर्ने, अनुगमन गर्ने र सहजीकरण गर्ने काम गरिने छ ।’

विकास निर्माणसँंग जोडिएका सबै संयन्त्रलाई काममा ढिलास्ती नगर्न अर्थमन्त्रीको आग्रह छ ।विकास आयोजनाहरूलाई बजेटको अभाव हुन नदिने अर्थमन्त्रीको प्रतिबद्धता रहेको छ । ‘विकास आयोजनाहरूलाई बजेटको अभाव हुन दिन्न तर केही क्षेत्रका प्राथमिकतमा भने तलमाथि हुन सक्ने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *