महोत्तरीबाट नगद सहित ३ जुवाडे पक्राउ

महोत्तरीबाट जुवा खेलिरहेको अवस्थामा तीनजना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको मनरासिसवा नगरपालिका-७ का विनोदकुमार साह, सरोजकुमार साह र सन्तोषकुमार साह रहेका छन् । आज बिहान करिब ४ बजेको समयमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई ३ लाख ३२ हजार ९ सय ६० रुपैयाँसहित पक्राउ परेका हुन् ।

महोत्तरीको मनरासिसवा नगरपालिका ६ बाँसघारीबाट जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । अन्य दुईजना भने  फरार भएको उनले बताए । पक्राउ परेका तीनैजना माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *