शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले निर्णय फिर्ता लियो

स्वास्थ्य मन्त्रालयको निर्देशनपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना संक्रमितसँग भर्ना हुनुअघि धरौटी रकम नलिने जनाएको छ ।

अस्पतालले सोमबार एक विज्ञप्तिमार्फत स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार कोरोना संक्रमितसँग भर्ना हुँदा धरौटी रकम बुझाउनु नपर्ने प्रावधान कार्यन्वयन नगर्ने जनाएको हो ।

अस्पतालले सोमबारदेखि नै सबै वार्ड र काउण्टरलाई पत्राचार गरि धरौटी रकम नलिन निर्देशन दिइएको अस्पतालका निर्देशक डाक्टर सागर कुमार राजभण्डारीले विज्ञप्ति माफर्त जानकारी दिएका छन् ।

अस्पतालले धरौटी अभावमा हालसम्म बिरामीलाई उपचार सेवा पाउनबाट बञ्चित नगराइएको पनि स्पष्ट पारेको छ ।

यस्तै स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार शुल्क तिर्न सक्ने बिरामीले शुल्क तिर्ने र नसक्ने बिरामीहरुको निशुल्क उपचार गर्ने पनि अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *