आजको राशिफल २०७७ कार्तिक १८ (ई.सं. 3 November 2020)

 

Mesh Rashi (मेश राशि ) चु, चे, चो, ला, लि, लु, ले, लो, अ

साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ । काम गर्ने जोश जाँगर र उमङ्ग बढ्ने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।

Vrishabha Rashi (वृष राशि ) इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

बन्धु बान्धवबाट सहयोग मिल्ने छ । घरमा अतिथीको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ ।

Mithun Rashi (मिथुन राशि ) का, कि, कु, घ, ङ, छ, के, को, ह

सरकारी निकाएको भय रहला । सौन्दर्यतामा धन खर्च हुनेछ । गरेको कार्यमा बाधा आउने छ । प्रेममा बाधाका साथै मन कमजोर रहने छ ।

Karkat Rashi (कर्कट राशि ) हि, हु, हे, हो, डा, डि, डु, डे, डो 

आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । जोश जाँगर र हिम्मत बढ्ने छ । प्रेममा सफलता पाइने छ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

Simha Rashi (स‌िंह राशि ) मा, मि, मु, मे, मो, टा, टि, टु, टे
काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । व्यापार व्यवसायमा लाभ होला । शुभ समाचार सुन्न पाइएला । स्वादिष्ट भोजन पनि पाइने छ ।
Kanya Rashi (कन्या राशि ) टो, प, पि, पु, ष, ण, ठ, पे, पो
रमाइलो यात्राको योग रहेको छ । वित्तीय संस्थाबाट सहयोग मिल्ने छ । शुभकार्यको चर्चा चल्ने छ । राज्यबाट मान सम्मान पनि पाइने छ ।
Tula Rashi (तुला राशि ) र, रि, रु, रे, रो, ता, ति, तु, ते
महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । बैदेशिक क्षेत्र कमजोर रहने छ ।
Vrishchika Rashi (वृश्चिक राशि ) तो, ना, नि, नु, ने, नो, या, यि, यु
तीर्थाटनको योग छ । शुभकार्यको चर्चा चल्ने छ । चिट्ठा, वा लटरीबाट आय हुने प्रवल सम्भावना पनि छ । नयाँ कार्यको योजना बन्ने छ ।
Dhanu Rashi (धनु राशि ) ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
छोटो दूरीको लाभदायक यात्रा हुनेछ । विश्वास गरेकाले साथ दिनेछन् । नजिकको व्यक्तिबाट आँटेको कार्यमा सफल भइने छ । आत्माबल बढ्ने छ ।
Makar Rashi ( मकर राशि ) भो, ज, जि, खि, खु, खे, खो, गा, गि
दैनिक कार्यमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । शुभकार्यको चर्चा चल्ने छ । आँटेको र ताकेको कार्य पूरा होला ।
Kumbha Rashi (कुम्भ राशि ) गु, गे, गो, सा, सि, सु, से, सो, द
कार्य सम्पादनमा समस्या आउँला । मन खिन्न हुने स्थिति आउने छ । आत्मघाती काम गर्न पुगिएला । अनावश्यक यात्रा पनि हुनेछ ।
Min Rashi (मीन राशि ) दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
नयाँ कामको थालनी हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । रमणीय र सुखद यात्राको योग छ । गरेको कार्यमा सफलता पाइएला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *