बेंगलोरलाई हराउँदै दिल्ली क्वालिफायरमा

सोमबार राती रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गर्दै दोस्रो स्थानमा रहँदै दिल्ली लगातार दोस्रो सिजन प्लेअफमा पुग्न सफल भएको हो ।

आबुधाबीमा सोमबार राति भएको आफ्नो अन्तिम लिग खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्वालिफायरमा पुगेको हो ।

शेख जायद स्टेडियममा बैंगलोरले दिएको १ सय ५३ रनको लक्ष्य दिल्लीले १९ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।

जितसँगै दिल्लीले १४ खेलमा १६ अंक जोडेको छ । र, दिल्ली दोस्रो स्थानमा रहदै क्वालिफायरमा पुगेको हो ।

गतवर्ष दिल्ली क्वालिफायरमा चेन्नई सुपर किंग्ससँग पराजित हुँदै बाहिरिएको थियो । सन् २०१२ मा पनि दिल्ली प्ले अफमा पुगेको थियो । सन् २००८ र २००९ मा दिल्लीले सेमिफाइनलबाट बाहिरिएको थियो ।

दिल्लीले अब पहिलो क्वालिफायरमा शीर्ष स्थानमा रहदै प्ले अफ पुगेको मुम्बई इण्डियन्ससँग खेल्नेछ । पहिलो क्वालिफायरको विजेता फाइनलमा पुग्नेछ । पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्नेछ । दिल्लीसँग पराजित बैंगलोर पनि प्ले अफमा पुगेको छ । चौंथो स्थानको कोलकाता नाइट राईडर्स भन्दा नेट रन रेटले अघि रहेपछि बेंगलोरले प्ले अफमा स्थान पक्का गरेको हो ।  बैंगलोरले १४ खेलमा १४ अंक जोडेको छ । बैंगलोर ४ वर्षपछि पहिलो पटक प्ले अफमा पुगेको हो । अब बैंगलोरले दोस्रो क्वालिफायरमा कोलकाता र सनराइजर्स हैदराबादमध्ये एक टिमसँग खेल्नेछ ।

क्वालिफायरमा पुग्ने अन्तिम टिमको टुंगो लिग चरणको अन्तिम खेलले तय हुनेछ । लिग चरणको अन्तिम खेलमा मुम्बई र हैदराबादबीच खेल हुनेछ । मुम्बईले जित निकालेमा कोलकाता प्ले अफ पुग्ने छ । हैदराबादले जित निकालेमा कोलकाता प्ले अफबाट बाहिरिनेछ ।

आइपिएलको अंक तालिका

मुम्बई १३ खेलमा ९ मा जित र ४ मा हार सहित १८ अंकका साथ शीर्षस्थानमा छ । दिल्ली १४ खेलमा ८ मा जित र ६ मा हार सहित १६ अंकका साथ दोस्रो स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर १४ खेलमा ७ मा जित र ७ मा हार सहित १४ अंक जोड्दै नेट रनरेटले तेस्रो स्थानमा रहँदै प्ले अफमा स्थान पक्का गरेको हो । कोलकाता १४ खेलमा ७ मा हार र ६ मा जित सहित १४ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । हैदराबाद १३ खेलमा ७ मा हार र ६ मा जित सहित १२ अंकका साथ पाँचौ स्थानमा छ ।

किंग्स इलेभेन पन्जाब १४ खेलमा ६ मा जित र ८ मा हार सहित १२ अंकका साथ छैटौं स्थानमा रहँदै बाहिरिएको छ । चेन्नई १४ खेलमा ६ मा जित र ८ मा हार सहित १२ अंकका साथ सातौं स्थानमा रहेर बाहिरिएको छ । राजस्थान १४ खेलमा ६ मा जित र ८ मा हार बेहोर्दै १२ अंकका साथ पुछारमा रहेर बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *