अस्ट्रियाको राजधानी भियनामा ‘आतंकवादी’ आक्रमण, १ जनाको मृत्यु १५ जना घाइते

स्ट्रियाको राजधानी भियनामा आतंकवादी आक्रमण भएको छ । राइफलसहितका बन्दुकधारीले मध्य भियनाका विभिन्न ६ स्थानमा अन्धाधुन्ध गोली चलाएका छन् ।

गोली लागेर कम्तीमा एकजनाको ज्यान गएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अस्ट्रियाका चान्सलर सेबास्टियन क्रूजले प्रतिघाती आतंकारी आक्रमण रहेको बताएका छन् । सुरक्षाकर्मीको गोली लागेर एक बन्दुकधारीको पनि ज्यान गएको छ ।

आक्रमणबाट प्रहरी सहित १५ जना घाइते भएका छन् । आक्रमणपछि भियनाको ठूलो क्षेत्रमा प्रहरीको तैनाथी भएको छ ।

आक्रमणकारीको पहिचान हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *