अमेरिकामा राष्ट्रपति निर्वाचन आज

आज अमेरिकी राष्ट्रपतिका लागि मतदान हुदैछ । ‘इलेक्सन डे’ अर्थात आज मंगलबार राष्ट्रपतिसहित सिनेट, हाउस अफ रिप्रिजेनटेटिभ, राज्यका सांसद तथा गभर्नरका लागि समेत मतदान हुन लागेको हो ।

अमेरिकामा भएका मत सर्वेक्षणहरुमा पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेन ट्रम्प भन्दा करिब १० प्रतिशतले अघि देखिएका छन् । तर राष्ट्रपति बन्न महत्वपूर्ण केही राज्यमा तीव्र प्रतिस्पर्धा छ ।

यसवर्ष कोरोना भाइरसको महामारीका कारण अमेरिकामा इलेक्सन डेअघि नै इतिहासकै सबैभन्दा बढी अग्रिम मतदान भएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार करिब १० करोड अमेरिकीले मतदान गरिसकेका छन् ।

द न्यूयोर्क टाइम्सका अनुसार सोमबारसम्म ९ करोड ७९ लाख मतदाताले केन्द्रमा आएर तथा हुलाकमार्फत आफ्नो मत व्यक्त गरिसकेका छन् । यो सन् २०१६ मा भएको राष्ट्रपति निर्वाचनमा खसेको कुल मतको ७१ प्रतिशत हो ।

अग्रिम मतदान गर्नेमध्ये ६ करोड २४ लाख भन्दा बढीले हुलाक मार्फत मतदान गरेका छन् भने मतदान केन्द्रमा गएर तीन करोड ५४ लाखले मतदान गरेका छन् ।

आज हुने चुनावमा राष्ट्रपतिका लागि परम्परागत रिपब्लिकन पार्टीका तर्फबाट डोनाल्ड ट्रम्प तथा उदारवादी डेमोक्र्याटिक पार्टीबाट जो बाइडेन उम्मेदवार रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *