अमेरिकी निर्वाचन २०२०: मतदान सम्पन्न,

मानिसहरूलाई केही दशकयताकै सबैभन्दा धेरै विभाजित बनाएको राष्ट्रपतीय चुनावमा अमेरिकी मतदाताहरूले मतदान गरेका छन्।

कतिपय ठाउँका नतिजा आउन शुरू भएको छ। ५० राज्य मध्ये ९ राज्यको परिणाम आइसकेको छ जसमा ट्रम्पको रिपब्लिकन पार्टीले ३७ इलेक्ट्रोल कलेज मत प्राप्त गरेको छ भने डमोक्य्राटिक पार्टीले ४४ मत प्राप्त गरेको छ।

बहालवाल राष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार जो बाइडनबीच कडा प्रतिस्पर्धा हुने ठानिएको छ।

इस्ट कोस्ट क्षेत्रमा सबैभन्दा पहिला मतदान सम्पन्न भएका छन् तर पश्चिमतिरका थुप्रै राज्यमा ढिलोसम्म मतदान भएको छ।

कोरोनाभाइरस महामारीबीच लामो र तिक्ततापूर्ण चुनावी प्रचार अभियान चलेका थिए।

अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले फ्लोरिडाको पाम बीचमा आफ्नो मत खसालेकी थिइन्।

श्रीमान्‌सँग मत नखसाल्नुको कारणबारे पत्रकारहरूले सोधेपछि उनले भनिन्, “आज निर्वाचनको दिन हो। त्यहीँ भएर मत खसाल्न म यहाँ आएकी हुँ।”

राष्ट्रपति ट्रम्पले एक साताअघि नै आफ्नो मत खसालिसकेका थिए।

अमेरिकी चुनावबारे केही जानकारी

  • अमेरिकी राजनीतिक प्रणालीमाथि मात्र दुईवटा पार्टी हावी छन्। अतः राष्ट्रपति कि डेमोक्र्याट (जो बाइडन) हुन्छन् कि रिपब्लिकन (डोनल्ड ट्रम्प)।
  • हरेक चार वर्षमा चुनाव हुन्छ, १८ वर्ष र सोभन्दा माथिको उमेरका मानिस मतदान गर्न योग्य हुन्छन्।
  • दुवै उम्मेदवार इलेक्टोरल कलेजको मत पाउन प्रतिस्पर्धा गर्छन् जुन हरेक राज्यको जनसङ्ख्याको आधारमा निर्धारित हुन्छ। जित्नका लागि उम्मेदवारले कम्तीमा २७० इलेक्टोरल कलेजको मत पाउनुपर्ने हुन्छ।
  • अहिले सारा ध्यान ट्रम्प र बाइडनको निर्वाचनमा छ तर मतदाताले कङ्ग्रेसका लागि नयाँ सदस्य पनि छान्दैछन्।
  • अमेरिकाको राष्ट्रपति चुनिन तपाईँले लोकप्रिय मतको हिसाबले जित हासिल गर्नुपर्दैन। उम्मेदवारहरूले बहुमत इलेक्टोरल कलेजमा जित्ने लक्ष्य लिइरहेका छन्, त्यसबारे तल चर्चा गरिएको छ।
  • विगतको चुनावको तुलनामा दशौँ लाख अमेरिकीले हुलाकबाट मतदान गरेका छन्। त्यस्तो मतको गणना गर्न बढी समय लाग्न सक्छ र कतिपय राज्यले मतदानअघि त्यो काम सुरु गर्नेछैनन्। त्यही भएर परिणाम आउन समय लाग्न सक्छ।
  • अभूतपूर्व सङ्ख्यामा हुलाकबाट भोट हालिएकाले सुरुमा अग्रता लिने उम्मेदवारपछि हुलाक वा उपस्थित भएर मा दायर गरिएका मत गणना हुँदा पछि पर्न सक्छ। त्यही भएर सङ्ख्यालाई सावधानीपूर्वक हेर्नुपर्ने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *