रियल मड्रिडको पहिलो जित
च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा रियल मड्रिडले संघर्षपूर्ण जित दर्ता गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले इन्टर मिलानलाई ३–२ ले पराजित गरेको हो ।
रियल मड्रिडका लागि करिम बेन्जिमा, सर्जियो रामोस र रोड्रिगोले गोल गरे । इन्टर मिलानका लागि मार्तिनेज र पेरिसिकले गोल गरे ।
समूह चरणमा पहिलो जित दर्ता गरेको रियल मड्रिडको तीन खेलबाट चार अंक भएको छ ।