अमेरिकी राष्ट्रपति निर्वाचनः जो बाइडेन अगाडि
अमेरिकी राष्ट्रपति निर्वाचनको नतिजा आउन थालेको छ । अहिलेसम्म त्यहाँका ५० मध्ये ३१ राज्यको नतिजा आइसकेको छ ।
आइसकेको मत परिणामअनुसार डेमोक्रेटिक पार्टीका जो बाइडेन अहिले अगाडि देखिएका छन् । उनले अहिलेसम्म १९२ इलेक्टोरल भोट जितिसकेका छन् ।
उनका प्रतिस्पर्धी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेसम्म ११४ इलेक्टोरल भोट जितेका छन् ।