सर्लाहीमा ६ जना जुवाडे पक्राउ

सर्लाहीमा ६ जना जुवाडे पक्राउ परेका छन्।

मंगलबार साँझ सर्लाहीको बरहथवा नगरपालिका वडा नं. ६ का शम्भु सिंहको एकतल्ले बाँसले बनाएको घरबाट जुवा खेलिरहेका ६ जनालाई झण्डै ६९ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको  जानकारी सर्लाही प्रहरीले दिएको छ।

प्रहरी नायव उपरीक्षक उद्धव सिंह भाटको नेतृत्वमा खटेको प्रहरी टोलीले सर्लाहीको बरहथवा नगरपालिका वडा नं. ६ का ४८ वर्षीय शम्भु सिंह, वडा नं. १६ का ३० वर्षीय मनोज राय, वडा नं. ५ का ३८ वर्षीय महमद हुसेन कवाडी, वडा नं. ६ का ४२ वर्षीय राम प्रवेश महतो, वडा नं. ७ का ३८ वर्षीय दिनेश साह र ५५ वर्षीय रामानन्द दासलाई ६० हजार ९ सय ९५ रुपैयाँ नेपाली र ५ हजार २ सय भारतीय रुपैयाँसहित पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *