२४ घण्टामा ३,३०९ मा कोरोना सङ्क्रमण पुष्टि, ३०जनाको मृत्यु

नेपालमा गत २४ घण्टामा ३,३०९ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १८७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५७०, भक्तपुरमा ११९ र ललितपुरमा १८९ गरी जम्मा १८७८  जना संक्रमित थपिएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०३४ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज १३,१४४ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो।

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या १ लाख ८२ हजार ९२३ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *