२४ घण्टामा ३,३०९ मा कोरोना सङ्क्रमण पुष्टि, ३०जनाको मृत्यु
नेपालमा गत २४ घण्टामा ३,३०९ जनामा कोरोना सङ्क्रमण देखिएको छ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १८७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५७०, भक्तपुरमा ११९ र ललितपुरमा १८९ गरी जम्मा १८७८ जना संक्रमित थपिएका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०३४ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज १३,१४४ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो।
यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या १ लाख ८२ हजार ९२३ पुगेको छ।