टान पोखराको प्रथम उपाध्यक्षमा धर्मराज पन्थी निर्वाचित

पदयात्रा पर्यटन व्यवसायीहरुको छाता संगठन टान पोखराको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पर्यटन व्यवसायी धर्मराज पन्थीलाई प्रथम उपाध्यक्षमा निर्वाचित गरेको छ ।

पन्थीले आफ्ना प्रतिद्वन्दी जिवनराज सापकोटालाई पराजित गर्दै प्रथम उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

टान पोखराको अध्यक्षमा यस अघिनै सुशीलराज पौडेल र सचिवमा मिलन तिवारी सर्वसम्मत निर्वाचित भैसकेका थिए ।

नवनिर्वाचित प्रथम उपाध्यक्षमा धर्मराज पन्थीले टानको विकासका लागि आफ्नो कार्यकालमा यी कार्यहरू गर्ने शुचि खबरलाई बताउनु भएको छ ।

• राष्ट्रिय तहमा हाम्रो विद्यमान पर्यटन नीति, नियम तथा संरचनामा परिवर्तन गर्न पहल गर्ने छु ।
• आधुनिक सुचना प्रविधिको प्रयोग गरी हामी व्यवसायि तथा हाम्रा मजदूरहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिशप्रर्धा गर्न सक्ने बनाउने छु
• पर्यटन व्यवसायी पलायन हुन नदिन थप सरोकार र समन्वय गर्नेछु ।
• विभिन्न सरोकारवालाको सहकार्यमा विभिन्न राहत प्याकेज तयार पार्नेछु।
• नयाँ पदमार्ग खोज तथा भएका पदमार्गको संरक्षण तथा पूर्वाधार निर्माण गर्न पहल गर्ने छु।
• चर्चित तर मोटरबाटोले विस्थापित पदमार्गको बैकल्पिक मार्ग खोज तथा निर्माण गर्न लाग्ने छु।
• पदयात्रा र आरोहण सँगसँगै गर्नमिल्ने हिमालचुलिहरूको पहिचान गरि प्रवर्धन गर्न अगाडी बढ्नेछु। ।
• सबै साथिहरुको साथ मनोभावना बुझेर अगाडी बढ्नु साथै पर्यटनको क्षेत्रमा आइपरेका समस्याको उचित समाधान गर्न लाग्ने छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *