नवलपुरमा भीरबाट खसेर ३१ वर्षीया महिलाको मृत्यु

नवलपरासी जिल्लाको बुलिङटार गाउँपालिकामा भीरबाट खसेर एकजना महिलाको मृत्यु भएको छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङटार गाउँपालिका–५ मा भीरबाट खस्दा स्थानीय ३१ वर्षीया पिहीसरा सार्कीको मृत्यु भएको हो।

बिहान लापाकको भीरमा घाँस काट्न जाने क्रममा उनको मृत्यु भएको थियो। अबेरसम्म पनि घर नआएपछि उनको खोजी गर्दा मृत अवस्थामा भेटिएको हो। आफन्तले खोजी गर्नेक्रममा भीरबाट करिब २५ मिटर तल खोल्सामा उनको शव फेला पारेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *