डा. केसीद्वारा पुनः सत्याग्रहको चेतावनी, सम्झौता कार्यान्वयन नभएको आपत्ति

चिकित्सा शिक्षा सुधार लगायतको माग राख्दै आन्दोलन गर्दै आएका डा. गोविन्द केसीले १९ औं सत्याग्रहका बेला भएका सम्झौता कार्यान्वयन नभएको भन्दै आपत्ति जनाएका छन्।

बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै केसीले सरकारले सम्झौता कार्यान्वयनमा वेवास्था गरेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले सम्झौता कार्यान्वयन नभए थप मागसहित पुनः सत्याग्रह गर्ने चेतावनी समेत दिएका छन् ।

डा. केसीले नागरिक समाज, बुद्धिजीवीलगायत सबै आम नागरिकको सहयोग, समर्थन र ऐक्यबद्धता रहेकाले नै सरकारले सम्झौता गरेको सम्झना गर्दै यसको कार्यान्वयनमा सबै लाग्नुपर्नेमा भने जोड दिए ।

डा. केसीले सम्झौता इमान्दारीपूर्वक कार्यान्वयन भएमा नेपालमा दुरदराजसम्म स्वास्थ्य सेवा पुर्या‍उने तथा नियामक निकायमा दलीय भागवण्डा रोकेर मेडिकल शिक्षाको गुणस्तर कायम राख्न सकिने बताएका छन् ।

डा. केसीले तत्काल कानुन निर्माणदेखि मेडिकल कलेज निर्माणसम्मका सम्झौता कार्यान्वयनका काम गर्न सरकारलाई दबाब दिनुपर्ने बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *