औपचारिक बैठक डाक्न ओलीलाई लिखित अनुरोध गर्ने धुम्बाराही बैठकको निर्णय
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएकाे बैठक प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितमै धुम्बाराहीमा बसेको बैठक सत्तारुढ नेकपाको सचिवालय बैठक सकिएको छ। शुक्रबारको बैठकले सचिवालयको औपचारिक बैठक बोलाउन ओलीलाई संयुक्तरुपमा लिखित अनुरोध गरिने निर्णय गरेको श्रेष्ठले जानकारी दिए।
बैठकमा औपचारिक सचिवालय बैठक बोलाउन आग्रह गर्दा ओलीले त्यसो गरिए पार्टी फुटको अन्तिम बिन्दु हुने चेतावनी दिएकोबारे बैठकमा सहभागीलाई जानकारी गराएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए।
बैठकमा माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र बामदेव गौतम सहभागी थिए। महासचिव बिष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा बादल भने बैठकमा सहभागी भएनन्।
बादल पछिल्लोपटक खुमलटारमा भएको ओलीविरुद्धको भेलामा भने सामेल थिए। यसअघि प्रचण्डले बिहीबार बालुवाटारमा प्रधानमन्त्रीसँग भेटघाट गरी सचिवालय बैठक बोलाउन आग्रह गरेका थिए।