हुम्लामा कक्षा ११ को परीक्षा सुरु
हुम्ला जिल्लको सदरमुकाम सिमकोट गाउँपालिकाको मानसरोवर नमूना माध्यामिक विद्यालयले कक्षा ११ को परीक्षा सञ्चालन गरेको छ।
कोरोना संक्रमणका कारण कक्षा एघारमा शिक्षा मन्त्रालयले चालीस पुर्णाङ्कको लागि सम्वन्धित विद्यालयले आन्तरिक परीक्षा संचालन गर्नु पर्ने कार्य बिधि ल्याएपछि विद्यालयले उक्त परीक्षा सञ्चालन गरेको हो।
कार्य बिधिले साठी पुर्णाङ्क विद्यालयको आन्तरिक मुल्याङ्कन र चालीस पुर्णाङ्कको आन्तरिक परीक्षा विद्यालय स्वयमले सञ्चालन गर्नु पर्ने ब्यबस्था अनुसार परीक्षा सञ्चालन भई रहेको हो । परीक्षामा सतप्रतिशत विद्यार्थीको सहभागिता रहने गरेको विद्यालयले जनाएको छ।
मानसरोवर माविमा कक्षा एघारमा शिक्षा, मानविकी र ब्यबस्थापन संकायको पठन पाठन हुन्छ । सबै संकाय गरि १४१ जना परीक्षार्थीहरुले परीक्षामा सहभागिता रहदै आएको छ । बिहान सात वजेवाट परीक्षा सुरु हुने गरेको छ ।
विद्यार्थीहरु साढे एक घण्टा परीक्षामा सामेल हुदै आउनु भएको छ । परीक्षा आगामी कात्तिक २८ गतेसम्म सञ्चालन हुनेछ । प्रश्नापत्र विद्यालय आफैले काटेको थियो । परीक्षा सम्पन्न भएपछि विद्यालयले उत्तर पुस्तिका प्रदेशमा पठाउनु पर्नेछ ।
आन्तरिक रुपमा कक्षा एघारको परीक्षा सञ्चालन गर्ने मानसरोवर नमूना मावि जिल्लामा पहिलो विद्यालय भएको छ । हुम्लामा छ वटा कक्षा ११ र १२ पठन पाठन हुने विद्यालय भएपनि अन्य विद्यालयहरूले यसरी आन्तरिक परिक्षा सञ्चालन गर्ने तयारी गरेका छैनन् ।