जाजरकोटमा लागूऔषध अफिम सहित दुई जना पक्राउ

जाजरकोटको  नलगाड नगरपालिकाका दुई जना लागूऔषध अफिम सहित पक्राउ परेका छन् ।

प्रहरीले १२ केजी अफिमसहित रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ राडीबजारबाट  सो नगरपालिका–८ का ४६ वर्षीय मालबहादुर सिंह र सोही नगरपालिका वडा नम्बर ९ बस्ने ६० वर्षीय कालीबहादुर सिंहलाई अफिमसहित शुक्रबार पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय आठबीसकोटबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीका आधारमा दुवै जनालाई  नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ।

केही समय अघि नलगाड कै तीन जना पक्राउ परेका थिए।

(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *