दाहाल ओलीबीच वार्ता हुँदै

नेकपा अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुँदैछ ।

प्रधानमन्त्री ओलीसँग भेटवार्ताको लागि दाहाल बालुवाटार जाँदै छन् ।

पार्टीमा देखिएको अन्तर विरोधकाबीच हुनलागेको वार्ता नेकपाको लागि संजीवनी हुन सक्ने आकलन गरिएको छ । विगत केही दिन देखि नेकपामा अन्तर विरोध उत्कर्षमा पुगेको छ भने दुई अध्य्क्षले आफु निकटकाहरूसँग छलफल अगाडि बढाइ रहेका छन् । दुई नेता बीच मतभेद भइ रहेको बेलामा पार्टीका प्रभावसाली नेता सुवास नेम्वाङले उनीहरुको भेटको वातावरण मिलाएका हुन् । आजको भेटले पार्टीको अन्तर विरोधलाई कम गर्न भूमिका खेल्ने नेता सुवास नेम्वाङको विश्वास रहेको बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *