केन्द्रीय सचिवालय बैठक बोलाउन ओली असहमत

असन्तुष्ट समूहले नेकपा केन्द्रीय सचिवालय बैठक सहमतिमा आइतबार या सोमबार डाक्न गरेको आग्रहबारे अध्यक्ष केपी शर्मा ओलीले कुनै निष्कर्ष नदिएको बुझिएको छ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र बामदेव गौतम ओलीलाई केन्द्रीय सचिवालय बैठक डाक्न सहमत हुन लिखित पत्रसहित अनुरोध गर्न शनिबार बालुवाटार गएका थिए।

तर ओलीले त्यसबारे कुनै निष्कर्ष नदिएको प्रवक्ता नारायण काजी श्रेष्ठले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *