‘सन्तानको माया सक्कली आमालाई हुन्छ । म पार्टी फुट्न दिन्न’: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा गठन गर्न र बहुमत हासिल गर्न निकै दु:ख गरेको भन्दै कसैको उक्साहटमा पार्टी विभाजन हुन नदिने बताउनुभएको छ ।

आज एपिवान टेलिभिजनसँग कुरा गर्दै उहाँले कुनै अवस्थामा पनि पार्टी विभाजन हुन नदिने बताउनुभएको हो । सरकारलाइ काम गर्न पार्टीभित्रैबाट नदिएको र घेरावन्दीमा पारेर पार्टी फुटाउने खेल भएपनि त्यसलाइ रोकेर अगाडि बढ्ने दृढता व्यक्त गर्नु भयो ।
सरकारले राम्रो काम गरेपनि पार्टीभित्र र बाहिरबाट गलत प्रचार भैइरहेको ओलीले बताउनुभयो । सरकारले जनअपेक्षा अनुसार काम गरिरहेको दावी गर्दै वहाँले कोरोना महामारीबाट जोगिदै समृद्धी र विकासको सपनालाई पूरा गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *