कांग्रेस केन्द्रीय कार्यसमिति बैठक यही कार्तिक २७ गते

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । सोमबार दिनको १ बजे पार्टी कार्यालय सानेपामा बस्ने भनिएको बैठक २७ गते बिहीबारसम्मका लागि सारिएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत आइतबार जानकारी दिएका छन् । उनका अनुसार बिहीबारको बैठक दिउँसो १ बजे बस्नेछ ।

यसअघि २१ गते शुक्रबारका लागि बोलाइएको बैठक पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका मागमा सहमति नजुटेपछि सोमबारका लागि सारिएको थियो ।

पौडेल पक्षले असोज ११ गते केन्द्रीय कार्यालयमा दर्ता गराएका विषय सम्बोधन नभए बैठकमा नजाने जनाउ दिएपछि पटक पटक बैठक सर्दै आएको छ । आन्तरिक विवादलाई अनौपचारिक बैठकमै टुंग्याउन पौडेल पक्षले जोड दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *