चार अंकले बढ्यो सेयर बजार
साताको दोस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा चार अंकको सुधार आएको छ।
हिजो आइतबार १२.४९ अंकले बढेको नेप्से आज दोस्रो दिन सुधार आउँदै ४.२२ अंकले बढेको हो।
यस क्रममा तीन अर्ब ६९ करोड रुपैयाँ बराबरको १ करोड ३५ हजार कित्ता सेयर किनबेच भएको छ।
कारोबार सुरु भएदेखि उकालो लाग्न थालेको परिसूचक एक हजार ६५२ अंकमा पुगेर बन्द भएको छ।
हिजो आइतबार ३ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको थियो.
आज नेप्सेमा कारोबार भएको १२ मध्ये ६ समूहमा सुधार तथा ६ समूहमा गिरावट आएको छ। बैंक, होटल, विकास बैंक, जलविद्युत्, जीवन बीमा र म्युचुअल फण्ड समूहमा गिरावट आएको छभने व्यापार, वित्त, निजीवन बीमा कम्पनी, उत्पादनमूलक, अन्य र लघुवित्त समूहमा भने सुधार आएको छ।