नेप्सेमा २५.९८ अंकले वृद्धि, ४ अर्ब माथिको कारोबार

साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजार मापक नेप्से सूचक साढे १ प्रतिशत भन्दा धेरैले बढेको छ भने कारोबार रकम ४ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ।

मंगलबार नेप्से सूचक १.५७ प्रतिशत अर्थात २५.९८ अंकले बढेर १६७८.७९ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक १.५५ प्रतिशत अर्थात ५.०६ अंकले बढेर ३३०.३९ विन्दुमा पुगेको छ।

यस्तै १९६ वटा कम्पनीको ९६ लाख ५७ हजार कित्ता शेयर ४ अर्ब ९ करोड ६१ लख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। अघिल्लो दिन ३ अर्ब ६९ करोड रुपैयाँको शेयर कारोबार भएको थियो।

मंगलबार कारोबारमा आएका उपसमुहहरुमध्ये १० वटा उपसमुहको सूचक सकारात्मक देखिएको छ भने दुई वटा उपसमुहकाे सूचक नकारात्मक देखिएको छ। यस दिन व्यापार उपसमुहको सूचक सबैभन्दा धेरै ७.८७ प्रतिशतले बढेको छ भने होटल उपसमुहको सूचक ४.९१ प्रतिशत, जीवन बीमा उपसमुहको सूचक, निजीवन बीमा उपसमुहको सूचक १.९४ प्रतिशतले बढेको छ।

  • ४ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

मंगलबार कारोबारमा आएका ४ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक र साल्ट ट्रेडिङ कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने सानिमा जनरल इन्स्याेरेन्सको ९.९१ प्रतिशत, नेपाल दुरसञ्चार कम्पनीको ९.४९ प्रतिशतले बढेको छ।

त्यस्तै ओरिएन्टल होटलको ६.७९ प्रतिशतले बढेको छ भने, हिमालयन जनरल इन्स्योरेन्सको ६.२९ प्रतिशत, तारागाँउ रिजेन्सी होटलको ५.५१ प्रतिशतले बढेको छ।

बिशाल बजार कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ४.६१ प्रतिशतले घटेको छ भने अरुण भ्याली हाइड्रोपावरको २.६९ प्रतिशत, विजय लघुवित्तको २.६४ प्रतिशत, आँखु खोला हाइड्रोपावरको २.३३ प्रतिशत, संग्रिला डेभलपमेन्ट बैंकको २.११ प्रतिशत र प्रोग्रेशिभ फाइनन्सको २.०७ प्रतिशतले घटेकाे छ।

यस दिन नेपाल पुनर्बीम कम्पनीको सबैभन्दा धेरै २८ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको २३ करोड ५८ लाख, हिमालयन डिस्टिलरीको २० करोड ८३ लाख, नेपाल दुरसञ्चार कम्पनीको २० करोड ६४ लाख र कामना सेवा विकास बैंकको १६ करोड ८७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १०२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ५० वटाको घटेको छ। २० वटा कम्पनीको शेयरमूल्यमा भने कुनै परिवर्तन भएन।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *