भारतमा कार दुर्घटना : तीन नेपालीको मृत्य
भारत : भारतको आग्रामा बिहीबार भएको कार दुर्घटनामा ३ जना नेपालीको मृत्यु भएको छ। अन्य पाँच जना घाइते भएका छन्।
मृत्यु हुनेमा २ जना पुरुष बाग्लुङ र एक जना महिला जनकपुरको रहेको बुझिएको छ। मृत्यु हुनेमा बाग्लुङका श्यामकुमार घर्ती र बिवश पुन मगर रहेका छन्। त्यसैगरी जनकपुरकी लक्ष्मी शर्माको पनि दुर्घटनामा ज्यान गएको छ।
घाइते पाँच जनालाई दिल्लीको एआइआइएम् अस्पतालमा भर्ना गरिएको छ । आग्राबाट आउँदै गरेको कार ट्रकसँग ठोकिएर दुर्घटना भएको हो।