कार दुर्घटना चालकको मृत्यु
जनकपुरधाममा कार अनियन्त्रित भएर पुलमा खस्दा चालकको मृत्यु भएको छ ।
शुक्रबार बिहान जनकपुरधामको मुजेलियमा पुलबाट कार पानी बग्ने नालामा खस्दा धनुषाधाम नगरपालिका वडा नम्बर १९ का ४५ वर्षीय विजय शर्माको मृत्यु भएको धनुषाका ट्राफिक प्रहरी प्रमुख नवराज न्यौपानेले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुर पुग्नसाथ डाक्टरले मृत घोषणा गरेका थिए ।