गुल्मीमा जीप दुर्घटना १ जनाको मृत्यु ७ जना घाइते

गुल्मीमा जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । गएराती जिल्लाको गुल्मीदरवार गाउँपालिका –२ मजुवाबाट हटिया तर्फ जाँदै गरेको लु १ च ४७११ नम्बरको जीप दुर्घटनामा परेर चालक २४ वर्षका खेम गाहा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक प्रबीणलाल श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार जीपमा सवार तीन जना गम्भीर घाइते भएका छन् भने अन्य चार जनाकाे अवस्था सामन्य रहेकाे जनाईएकाे छ । घाइतेलाई थप उपचारका लागि पाल्पा प्रवासमास्थित लुम्बिनी मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको जीप सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *