अमेरिकाद्वारा नेपाललाई भेन्टिलेटर सहयोग

कोभिड १९ विरुद्धको लडाईमा सहयोग पुर्‍याउन अमेरिकी सरकारले नेपाललाई एक सय थान भेन्टिलेटर सहयोग गरेको छ ।

अमेरिकाले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (युएसआइडी) मार्फत नेपाललाई भेन्टिलेटर सहयोग गरेको हो ।

नेपालका लागि अमेरिकी राजदूत  र्‍याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तानतरण गरे।

भेन्टिलेटर हस्तान्तरणपछि राजद्युत बेरीले असल र खराब सबै समयमा अमेरिका नेपालसँग साझदारी गर्न प्रतिवद्ध रहेको बताए।   ७० वर्षभन्दा लामो समयदेखि विपद्, द्वन्द र कटिन अवस्थामा अमेरिकाले नेपाललाई सहयोग गर्दै आएको उल्लेख गर्दै उनले सहकार्यलाई निरन्तरता दिन कोरोना महामारीको समयमा पनि सहयोग गरेको बताए।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अमेरिकाले सुरुवाती चरणबाटै सहयोग गर्दै आइरहेको उल्लेख गर्दै अहिले ठूलो संख्यामा भेन्टिलेटर सहयोग गरेको प्रति धन्यवाद ज्ञापन गरे।

उनले प्राप्त भेन्टिलेटर शुक्रबार १२ बजेबाट नै विरतण सुरु गरिएको बताए। सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलालाई ७/७ वटाका दरले वितरण गरिने र बाँकी रहेको भेन्टिलेटरहरु हरेक सरकारी अस्पताललाई दुई—दुईवटाका दरले वितरण गरिने उनले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *