देशभर थपिए २१११ कोरोना संक्रमित, काठमाडौं उपत्यकामा १२०७ जना
नेपालमा पछिल्लो २४ घण्टामा थप २१११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३७०२२ रहेको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ९१९, भक्तपुरमा १०८ र ललितपुरमा १८० गरी १ हजार २०७ जनामा कोरोना पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा थप ३५३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ६८ हजार १२९ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२०२ पुगेको छ ।