काठमाडौं उपत्यकामा देउसी भैलो खेल्न नपाइने

उपत्यकाका तीनवटै प्रशासनले तिहारमा देउसी–भैलो खेल्न र सांस्कृतिक कार्यक्रम आयोजना गर्न रोक लगाएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरले कोरोना संक्रमणको उच्च जोखिम औँल्याउँदै तिहार, छठ तथा नेपाल संवत्लगायत चाडपर्व मनाउने क्रममा कुनै पनि सांस्कृतिक कार्यक्रम आयोजना गर्न निषेध गरेका हुन् ।

‘चाडपर्व मनाउँदा अनावश्यक रूपमा जमघट नहुन, देउसी–भैलो लगायत समूहमा गरिने मनोरञ्जनात्मक क्रियाकलापका साथै समुदायमा अशान्ति फैलाउने किसिमका आतिसबाजी र पटका

पड्काउने कार्य नगर्नु, नगराउनु हुन सम्बन्धित सबैमा अनुरोध छ,’ प्रशासनको आदेशमा भनिएको छ, ‘कानुनले वर्जित गरेका तथा नगर्न, नगराउन भनी निर्देशन दिएका क्रियाकलापहरू भए गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ ।’ यस वर्ष शुक्रबारबाट यमपञ्चक (तिहार) लागिसकेको छ ।

प्रशासनका आदेशविपरीत कार्यक्रम सञ्चालन गरिए स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोक ऐन २०२० अन्तर्गत कारबाही गरिने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *