अमेरिकामा संक्रमित हुनेको संख्या एक करोड नाघ्यो

संयुक्त राज्य अमेरिकामा पछिल्लो चौबीस घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोनाभाइरसका सङ्क्रमितको पहिचान गरिएको छ । द् वाशिंगटन पोष्टका अनुसार पछिल्लो चौबीस घण्टामा एक लाख ७७ हजार जना नयाँ सङ्क्रमित पहिचान गरिएको हो ।
कोभिड–१९ सङ्क्रमण दर उच्च भइरहँदा राज्यहरुमा नयाँ मापदण्ड तथा सतर्कताका उपायहरु कठोरतापूर्बक लागू गरिएको छ । पश्चिम भर्जिनियामा पहिलो पटक मास्क अनिवार्य लगाउनुपर्ने सतर्कता अपनाइएको छ । न्युयाेर्क शहरका विद्यालयहरु बन्द गरिएका छन् । रेष्टुरेन्ट लगायत घरभित्र हुने आयोजनाहरुमा सहभागी संख्यामा कटौती गरिएको छ । अमेरिकास्थित जोन हप्कीन्स विश्वविद्यालयका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमित सहित कुल सङ्क्रमित एक करोड सात लाख २८ हजार ७४९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *