आफैले पालेको राँगाले हान्दा डोटीमा एक जनाको मृत्यु

डोटी जिल्लाको आदर्श गाउँपालिका–१ का  ४० वर्षीय चक्र साउदको आफैले पालेको राँगाले हान्दा मृत्यु भएको छ।

शनिबार राँगोले हान्दा गम्भीर घाइते भएका साउदको उपचारका क्रममा गए राति शैलेश्वरी अस्पताल दिपायल पिपल्लामा मृत्यु भएको हो।

मृतक साउदको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल डोटीमा लगिएको प्रहरीले जनाएको छ।

राँगाले हान्दा उनको टाउको र छातीमा गम्भीर चोट लागेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *