कपनमा आगलागी, एक जनाको मृत्यु २ जना घाइते

काठमाडौँको कपन बालुवाखानी चोकस्थित नारायणबहादुर बस्नेतको घरमा  सोमबार राति आगलागी हुँदा १ जनाको मृत्यु भएको छ ।   दुईजना घाइते भएका छन्को  ।

बस्नेतको चारतले घरको पहिलो तलामा डेरा गरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–५ का कृष्णबहादुर तामाङको कोठामा आगलागी हुँदा उनको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएका छ ।

कृष्णबहादुरलाई तिहारको टीका लगाउनका लागि नुवाकोटबाट आएकी उनकी बहिनी  विपना तामाङ्ग र उनका छोरा ११ महिने दावा जलेर घाइते भएका हुन् ।

उनीहरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । विद्युत सर्ट भएर आगलागी भएको बताइए पनि यकिन कारण नखुलेको प्रहरीले जनाएको छ ।

राति पौने १ बजेतिर आगलागी भएको हो । दमकल, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा दुई बजे तिर आगो नियन्त्रणमा लिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *