अरिंगालले टोकेर स्याङ्जामा एक बालिकाको मृत्यु
अरिंगालले टोक्दा स्याङ्जामा१३ वर्षिया बालिकाको मृत्यु भएको छ ।
तिहारको दिन पुतलीबजार नगरपालिका वडा १४, लामागेमा अरिंगालले टोक्दा घाइते भएकी १३ वर्षीया अतिथि गैह्रेको पोखरामा उपचारक्रममा साँझ मृत्यु भएको हो । मृतक अतिथि नेकपा स्याङ्जा अध्यक्ष पारसकी छोरी हुन्।
तिहारमा भाइटीका लगाउन तल्लो घरमा जानेक्रममा नजिकैको रुखका अरिंगालले उनीसहित अर्की बालिकालाई टोकेको थियो ।
टोकाइबाट घाइते उनीहरूलाई तत्कालै उपचारार्थ पोखरा ल्याइएकोमा उपचारक्रममा अतिथिको सोमबार साँझ मृत्यु भएको हो। अर्की बालिकाको अवस्था भने सामान्य छ ।