प्रधानमन्त्री माथि लागेका आरोपहरूको छिनोफानो नगरी पार्टी एकता प्रकृयालाई अगाडि नबढ्ने

ओलीले बुधबारको सचिवालय बैठकमा आफूमाथि लागेका आरोपहरुको छिनोफानो नगरी पार्टी एकताको प्रकृयालाई अगाडि बढाउन सहज र सम्भव नहुने बताएको उपप्रधानमन्त्री तथा पार्टीका सचिवालय सदस्य ईश्वर पोखरेलले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् ।

पोखरलेले फेसबुकमा लेखेका छन, ‘आफूमाथि लगाइएका तथ्यहीन, आधारहीन, पार्टी एकतामा गम्भीर रूपमा आँच पुर्याउने मनसाय र उद्देश्यबाट प्रेरित आरोपहरूलाई आफूले अस्वीकार गर्ने र खारेज गर्ने उद्घोष गर्नुभएको छ केपी शर्मा ओलीले, सचिवालयको बैठकमा । त्यसको व्यवस्थित र सामग्रिक रूपमा खण्डन गर्ने कुराको समेत घोषणा गर्नुभएको छ उहाँले।’‘यी आरोपहरूको छिनोफानो नगरी पार्टी एकताको प्रकृयालाई अगाडि बढाउन सहज र संभव नहुने कुराको समेत उल्लेख गर्नुभएको छ’, ।

उनले प्रधानमन्त्रीबाट व्यक्त भएको यो गम्भीरतालाई पार्टी एकताको पक्षमा उभिएका नेकपाका सबै तहका नेता, कार्यकर्ताहरूले बुझ्न र त्यसै अनुसार आफूलाई तयार पार्न आह्वान पनि गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *