देशभर २४ घण्टामा २१०३ कोरोना संक्रमित थपिए, उपत्यकामा मात्रै १२२९ जना

नेपालमा पछिल्लो २४ घण्टामा थप २१०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २८ हजार १०६रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २२९ जना कोरोना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार काठमाडौंमा ९६५, ललितपुरमा १८९ र भक्तपुरमा ७५ जनालाई कोरोना संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा थप २८५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ८५ हजार ६३८ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२७६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *