बेलायती सेनामा पहिलो नेपाली महिला क्याप्टेन अंशु गुरुङ

‘वीर गोर्खाली’को नामले विश्वमा परिचित भूतपूर्व गोर्खा सैनिककी छोरी बेलायती सेनाको एक उच्च पदमा पुगेकी छन् । कास्कीको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर–२२ भुम्दी घर भएकी २७ वर्षीय अंशु गुरुङ बेलायती सेनाको क्याप्टेन पदमा भर्ती भएकी छन् ।

हालसम्म बेलायती सेनाको उच्च तहमा पुग्ने सम्भवतः उनी पहिलो नेपाली महिला हुन् । अंशुले रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टबाट १० हप्ते तालिम पूरा गरि शनिबार मात्रै क्याप्टेन पदको फुली लगाएकी हुन् ।

नेपालीहरु बेलायती सेनामा भर्ना हुन लागेको दुई सय वर्ष नाघिसकेको छ । गोर्खा रेजिमेन्टमा नेपालबाट युवतीहरुसमेत भर्ना गर्ने बेलायतको योजना रहेपनि अहिलेसम्म कार्यान्वयन हुन् सकेको छैन । तर, बेलायतमा बसोवास गर्दै आएका नेपाली किशोरीहरु भने फाट्टफुट्ट बेलायती सेनामा भर्ना हुँदै आएका भएपनि क्याप्टेन जस्तो उच्च पदमा पुग्ने कीर्तिमान भने सर्वप्रथम अंशुले कायम गरेकी छन् ।

गोर्खाली र नेपालीकै नाम राख्न सफल भएकोमा अंशु गुरुङलाई हार्दिक बधाई तथा शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *