आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि चन्द्रागिरी हिल्सको आईपीओ मंसिर १७ गते देखि

चन्द्रागिरी हिल्सले मंसिर १७ गतेदेखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि ३ लाख ६ हजार ८१९ कित्ता शेयर निष्काशन गर्ने भएको हो ।

आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नंम्बर ३, ४, ६ र ७ साविक थानकोट गाविसाका सम्पूर्ण वडा र साविक महदेवस्थान गा.वि.स.को वडा नं. ३, ४, ५, ६, ७, ८, एवं मकवनपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ९ र १०(साविकको चित्लाङ्ग गाविसको सबै वडाहरु) र इन्द्रसरोवर गाउँपालिका वडा नं ५ (साविक फाखेल गाविसका सम्पूर्ण वडाहरु) का स्थानियले मात्रै यस चरणमा आवेदन दिन पाउनेछन् ।

इच्छुक आवेदकले न्युनतम १० कित्ता देखि अधिकतम ३ हजार ६० कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

आईपीओमा छिटोमा पुस १ गतेसम्म आवेदन दिन पाइनेछ भने त्यस अवधिमा निष्काशनमा ल्याएको शेयर बिक्री नभएमा ढिलोमा पुस १६ गतेसम्म आवेदन दिन सकिनेछ ।

नेपाल धितोपत्र बोर्डबाट आइपीओ निष्काशन गर्न कार्तिक २८ गते अनुमति पाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *