सर्वदलीय बैठकले गर्‍यो ४ बुँदे निर्णय, प्रहरीले खुलायो राजमार्ग

बालिकाको हत्यापछि उत्पन्न परिस्थितिका कारण तनावपूर्ण बनेको महोत्तरीको बर्दिबासमा बुधबार सर्वदलीय बैठकले चार बुँदे निर्णय गरेको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलले बालिका हत्यामा संलग्नलाई कानुन बमोजिम कडा कारवाही गर्ने र पीडित परिवारलाई राहतका लागि सरकारसँग पहल गर्नेलगायतका ४ बुँदे निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

सर्वदलीय बैठकले झडपमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका सञ्जय भनिने बुद्धिराज न्यौपानेलाई शहीद घोषणा गर्न माग गर्ने, उनको मृत्युबारे छानबिन गर्न समिति गठन गर्ने र प्रदर्शनमा घाइते भएकाहरुको उपचार खर्च र राहतका लागि पहल गर्ने निर्णय पनि गरेको छ ।

६ बर्षीया बालिका हत्याको विरोध र विरोध प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर घाइते युवकको मृत्युपछि स्थानीयले सडक अवरुद्ध गरेका थिए । तर बुधबार साँझ प्रहरीले बल प्रयोग गरेर राजमार्ग खुलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *