कारोबार रकम र नेप्से सूचक दुबैमा रेकर्ड ब्रेक, ७ अर्ब ६१ करोड बढीको कारोबार

बिहीबार नेपाल स्टक एक्सचेञ्जमा कारोबार रकम र नेप्से सूचक दुबैले ऐतिहासिक रेकर्ड कायम गरेको छ। दुबैले पुराना रेकर्डलाई तोड्दै ऐतिहासिक रेकड कायम गरेको हो।

स दिन नेप्से सूचक ०.९८ प्रतिशत अर्थात १८.४३ अंकले बढेर १८९३.२४ विन्दुमा पुगेको छ। बिहीबार कारोबार खुलेको केहि समयमा नै नेप्से सूचक बढेर १९२७ विन्दुसम्म पुगेको भए पनि अन्तिममा बिक्री चाप केहि बढ्दा पुनः १८९३ विन्दुमा झरेको हो।

यस दिन २०१ कम्पनीको १ करोड ७१ लाख ८८ हजार कित्ता शेयर ७ अर्ब ६१ करोड ३० लाख रुपैयाँमा खरिद बिक्री भएको छ। यो नेप्सेमा भएको हालसम्कै उच्च कारोबार रकम हो।

विहीबार बैंकिङ उपसमूहमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ। यस दिन बैंकिङ उपसमूहको सूचक २.७ प्रतिशतले बढेको छ। कारोबारमा आएका ७ वटा उपसमूहको सूचक भने नकारात्मक देखिएको छ।

सबै भन्दा बढी कमाउने कम्पनीहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *