काठमाडौं उपत्यकामा ७८५ सहित देशभरमा थपिए १६१४ जना कोरोना संक्रमित, २३ जनाको मृत्यु

बिहिबार एक हजार ६१४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको कुल संख्या दुई लाख २७ हजार ६४० पुगेको छ । जसमध्ये सक्रिय संक्रमण हुनेहरु १६ हजार ७९३ रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६२०, ललितपुरमा ११४ र भक्तपुरमा ५१ जना गरी काठमाडौं उपत्यकामा ७८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोभिड १९ संक्रमणका कारण २३ जनाको ज्यान गएको छ । सो संख्यासँगै देशभरमा एक हजार ४१२ जनाले ज्यान गुमाइसकेका छन् ।

गत एक दिनमा कोरोनामुक्त हुने एक हजार ४३७ जना छन् । यसरी नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या दुई लाख ९ हजार ४३५ रहेको छ । हाल क्वारेन्टिनमा ६८० जना छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *