एफएनसीसीआईको नयाँ नेतृत्वका पदाधिकारीद्वारा सपथ ग्रहण

नेपाल उद्योग वाणिज्य महासंघका नव निर्वाचित पदाधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

अध्यक्षको पदभार ग्रहणपछि वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले चुनाबको मनमुटाब विर्सिएर सहकार्य गर्न आग्रह गरेका छन्।

‘चुनावमा गुटउपगुट भएपनि अब हामी एक हौँ। एकताको महत्व हामी सबैले बुझेका छौँ। घोचपेच मनमुटाव सबै विर्सिएर सहकार्य गर्ने कुरामा आशावादी रहेको बताउँदै गोल्छाले नेपालमा पहिलोपटक उद्योग संचालन गरेको स्मरण गर्दै आफ्नो परिवारले उद्योग विस्तारमा बनाएको योजना साकार बनाउने प्रतिवद्धता जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *