भारतीय शेयर बजारमा पनि रेकर्ड रेकर्ड

बलियो घरेलु संकेत र अन्य एशियाली शेयरमा तीव्र वृद्धिसँगै भारतीय शेयर बजारमा पनि शानदार बढोत्तरी देखिएको छ । योसँगै मंगलबार भारतीय शेयर बजारमा तीन नयाँ रेकर्ड कायम भएको छ ।

यसदिन सेन्सेक्स ५०५.७२ अंकले बढेर ४४ हजार ६५५.४४ बिन्दुमा पुगेर बन्द भयो । सेन्सेक्स पहिलोपटक यो स्तरमा पुगेर बन्द भएको हो । योभन्दा पहिले २६ नोभेम्बरमा सेन्सेक्स इन्डेक्स ४४ हजार २५९.७४ को बिन्दुमा पुगेर बन्द भएको थियो ।

बजार तीव्र रुपमा बढेसँगै बीएसईमा सूचीकृत कम्पनीहरुको बजार पूँजीकरणले पनि नयाँ रेकर्ड कायम गरेको छ । यसदिन बजार पूँजीकरण १७६.२६ लाख करोड भारतीय रुपैयाँ (रुपए) पुगेको छ। ३० अक्टोबरमा बजार पूँजीकरण १५७.९० लाख करोड रुपए पुगेको थियो। अर्थात् बजार पूँजीकरण १८.३६ लाख करोड रुपएले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *