कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल ३ घन्टा प्रहरी नियन्त्रणमा

निषेधाज्ञा तोडेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले तीन घण्टा नियन्त्रणमा राखेर छाडेको हो ।

रामचन्द्र पौडेललाई पक्राउ गर्दै गर्दाको  दृष्य

ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा निषेधाज्ञा तोडेको आरोपमा  पौडेल सहित नेपाली कांग्रेसका अन्य केही नेता तथा कार्यकर्ता पक्राउ परेका थिए ।

उनीहरुलाई जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरवण वाग्लेको रोहबरमा ३ घण्टा पछि रिहा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *