हुम्ला विमानस्थलमा आगलागी

हुम्लाको सिमकोटस्थित विमानस्थलमा बिहीबार बिहानै लागलागी भएको छ । विमानस्थलका प्रमुख बस्ने क्वाटरमा बिहानै अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नाउब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।

हुम्ला सदरमुकाम सिमकोटको माथिल्लो बजारमा रहेको क्वाटरमा लागेको आगो नियन्त्रणका लागि जिल्लास्थित नेपाल सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसहित स्थानीय खटिएका छन् ।

चिसोले पानी जमेका कारण आगो निभाउ समस्या भएको छ । तर बिहानैदेखि सबै लागेर आगो नियन्त्रणमा लिने प्रयास भैरहेको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *