नेकपा स्थायी समिति बैठक सातदिन स्थगित, दाहालको उद्घोष- नेतृत्व छोड्न तयार ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको बहुप्रतीक्षित स्थायी समिति बैठक अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको अनुपस्थितिमै आज सुरु भएको छ । ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले आदानप्रदान गरेका पत्र छलफलका लागि सदस्यहरुलाई एक साताको समय दिएर २८ मंसिरमा फेरि बस्ने गरी बैठक स्थगित भयो । अनुपस्थित रहेका ओलीले पत्रमार्फत आफ्नो अडान दोहोर्‍याएका छन् भने दाहालले नेतृत्व हस्तान्तरणका लागि खुला रहेको जवाफ फर्काएका छन् ।

पार्टीका दुई अध्यक्षबीच वारपारको द्वन्द्धका कारण बहुप्रतीक्षित मानिएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठक आइतबारदेखि काठमाडौंमा सुरु भएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठकमा ओली नगएपछि कार्यकारी अध्यक्ष दाहालले बैठकको अध्यक्षता गरेका थिए । ओलीको चाहानाविपरित शुरु भएको बैठकले अध्यक्षद्धयको प्रतिवेदनमाथी छलफल गर्ने गरि आगामी २८ गते समय तय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि जानकारी दिए ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहेपनि दाहालको पत्रमाथि छलफलमा सहभागी हुन नसक्ने पुरानै अडान पत्रमार्फत दोहोर्‍याएका छन् । ओलीको पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले बाचन गरि बैठकमा प्रस्तुत गरेका थिए । पत्रमा आरोपपत्रबारे छलफल गर्न डाकिएको बैठकमा सहभागी हुन नसक्ने बताएका ओलीले स्थायी कमिटि बैठकमा विवेकपूर्ण निर्णय हुने अपेक्षा पनि राखेका छन् । दाहालले भने पार्टी जीवनमा नै गम्भीर र संकटपूर्ण अवस्था आएको भन्दै पार्टी एकतालाई कायम राख्नका लागि गम्भीर व्यापक छलफलका लागि आग्रह गरेको प्रवक्ता श्रेष्ठले बताए । दाहालले आफू नेतृत्व हस्तान्तरणका लागि तयार रहेको भन्दै ओलीलाई चुनौति दिएका छन् । को प्रधानमन्त्री हुने र को अध्यक्ष हुने भन्ने कुरा गौण र गणतन्त्र र पार्टी एकताको रक्षा प्रमुख विषय भएको भन्दै यही बैठकमा अध्यक्ष छोड्न तयार रहेको बताएका थिए । नेकपामा ओलीविनै सुरु भएको स्थायी समिति बैठकले कुनै न कुनै निर्णय लिने निश्चित छ । तर यस्तो निर्णयको आधिकारिकता वा स्वीकार्यता के होला त भन्ने जिज्ञासा सबैतिर छ । बैठकमा सहमति नजुटे बहुमतीय प्रक्रिया पनि सुरु हुने निश्चित छ ।  अध्यक्ष दाहाल र बरिष्ठ नेता माधव नेपाल पक्षका मानिने स्थायी कमिटि सदस्य डा.भीम रावलले छलफल र निर्णय प्रकृयामा ओली सहभागी हुने र अधिकांस सदस्यको भावनामा सहमत हुने दावी गरेका छने भने  ओली निकट मानिने स्थायी कमिटि सदस्य पृथ्विसुव्वा गुरुङले भने सहमतिमा हुने निर्णय मात्र मान्य हुने तर्क गर्छन् । पर्याप्त छलफल बहस गर्न सकिने तर बहुमत र अल्पमतको कुराले पार्टीमा थप संकट सिर्जना गर्ने भन्दै नयाँ शिराबाट स्थायी कमिटिबाट सहमतिको वातावरण बन्ने गुरुङको भनाई छ ।

काक्तिक २८ मा सचिवालय बैठकमा प्रस्तुत अध्यक्ष दाहालको राजनीतिक प्रस्ताव र मंसिर १३ मा आएको अध्यक्ष दाहालको जवाफी प्रतिवेदनमाथी सचिवालयमा छलफल नभई स्थायी कमिटिमा प्रवेश भएको छ । अध्यक्ष ओली स्थायी कमिटिमा छलफलका लागि योग्य नभएको भन्दै बैठकमानै सहभागी नभएका बेला अध्यक्ष दाहालसहितका बहुमत सदस्यले छलफल गरि निर्णायमा पुग्ने बताएका छन् । दुई अध्यक्षको प्रतिवेदनले निम्त्याएको सत्तारुढ पार्टी भित्रको सकसलाई स्थायी कमिटिले गर्ने निर्णाय र आजकै बैठकले तय गरेको पौष ५ को केन्द्रीय कमिटि बैठकमा हुने छलफल र गर्ने निर्णायले नेकपाको भविष्य तय गर्ने छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *