आईजिपी शैलेश थापाले लगाइदिए एआईजी विश्वराज पोखरेललाई दर्ज्यान्ही चिन्ह

नेपाल प्रहरीको अतिरिक्त महानिरिक्षक-एआईजीमा बढुवा भएका विश्वराज पोखरेलले शुक्रबार दर्ज्यान्ही चिन्ह लगाएका छन्।

महानिरिक्षक-आईजिपी शैलेश थापाले पोखरेललाई दर्ज्यान्ही चिन्ह लगाएका हुन्। यसअघि मन्त्रिपरिषद्को बिहीबारको बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो।

बढुवा समितीले गरेको सिफारिसलाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको थियो। एआईजीमा बढुवा भएसँगै पोखरेल नेपाल प्रहरीको आगामी आईजिपी बन्ने निश्चित भएको छ।

हालका आईजिपी शैलेश थापा र अन्य तीन एआईजीले २०७९ बैशाख १८ गते अनिवार्य अवकाश पाएपछि पोखरेल एक्ला एआईजी हुनेछन्। प्रहरी नियमावलीमा बहालवाला एआईजीमध्येबाट र एआईजी नभए डीआईजीमध्येबाट आईजिपी नियुक्त गर्नुपर्ने व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *