संवैधानिक परिषद् बैठक सकेर प्रधानमन्त्री शितल निवासमा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास पुगेका छन् ।

बालुवाटारमा संवैधानिक परिषदको बैठक सकेपछि साँझ साढे सात बजेतिर ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफलका लागि राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् ।

मंगलबार सरकारले सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिविनै आज ल्याएको अध्यादेशको व्यवस्थाअनुसार प्रधानमन्त्री ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको उपस्थितिमा बैठक बसेको थियो ।

यद्यपि बैठकको निर्णय बारे कुनै जानकारी बाहिर आएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *