संवैधानिक परिषद्को बैठक सम्पन्न, कुनै निर्णय बाहिर आएन

विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्तिका लागि बसेको संवैधानिक परिषद्को बैठक सकिएको छ। बैठकमा नियुक्तिबारे छलफल मात्रै भएको छ।

संवंधानिक परिषद्ले गरेको निर्णय बारे अहिले  कुनै जानकारी नगराइने बुझिएको छ । सभामुख अग्निप्रसाद सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति बिनै संवैधानिक परिषद्को बैठक बसेको थियो। मंगलबार दिउँसो आकस्मिक रुपमा जारी भएको संवैधानिक परिषद् सम्बन्धी संशोधन अध्यादेशका आधारमा बैठक बसेको हो।

बैठक लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति निवास सितल निवास जानुलाई महत्त्वका साथ हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *